Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनाव चिह्न संशोधनको माग

राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनाव चिह्न संशोधनको माग


  • 883
    Shares

    राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनाव चिह्न संशोधनको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिह्न  ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। आफूलाई अभियन्ताको रूपमा चिनाउँदै आएका युवराज सफलले बिहीबार आयोगमा दिएको निवेदनमा पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारहरूको वैधानिक अधिकार र पहिचान मेटिएको भन्दै सो शब्द हटाउन माग गरिएको छ।

    ‘पार्टी स्वतन्त्र हुन सक्दैन । त्यसका आफ्ना विचार, सिद्धान्त र नीतिहरू हुन्छन्,’ सफलको निवेदनमा भनिएको छ, ‘स्वतन्त्र भन्ने शब्दले जनमतलाई भ्रमित पार्ने काम भएको छ । मतदाताको आँखामा छारो हाल्ने प्रयास हो।’

    त्यस्तै, सफलले पार्टीको चुनाव चिह्न ‘घण्टी’ समेत हटाउन माग गरेका छन्। उनले हिन्दु धर्ममा पूजा–आराधनाका क्रममा प्रयोग हुने घण्टी धार्मिक आस्था, विश्वास र मूल्यसँग गाँसिएको प्रतीक भएको उल्लेख गरेका छन् । 

    ‘धार्मिक विश्वासको केन्द्र रहेका चिह्नलाई राजनीतिक प्रयोजनमा प्रयोग गर्नु आपत्तिजनक छ,’ उनले निवेदनमा भनेका छन्, ‘यो धर्मनिरपेक्षताको मर्म विपरीत पनि हो।’  रवि लामिछानेको नेतृत्वमा गठन भएको पार्टी हाल संसद्को चौथो ठुलो दल हो ।

    प्रकाशित मिति :श्रावण १ २०८२ बिहिवार - १०:५९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij