२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । सोमबारको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न माग गरेका छन् ।
सांसद साहले मन्त्री गुप्तालाई दर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
साहले गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक हुँदासम्म सरकार किन मौन बसेको छ भन्दै प्रश्न गरेका छन् भने सरकारले दुनियाँले सुनेको अडियो नसुनेर लोकतन्त्रको अपमान गरेको आरोप साहले लगाएका छन् ।
सदनमा आज अर्को सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पनि मन्त्री गुप्ताको अडियो वास्तविक हो कि होइन, छानबिन गर्न माग गरेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij