Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

दुई ठूला दलको मिलोमतोमा संसद्लाई ‘विचौलियाको खेलमैदान’ बनाइदै छ : प्रचण्ड

दुई ठूला दलको मिलोमतोमा संसद्लाई ‘विचौलियाको खेलमैदान’ बनाइदै छ : प्रचण्ड


  • 1.5K
    Shares

    दुई ठूला दलको मिलोमतोमा संसद्लाई ‘विचौलियाको खेलमैदान’ बनाइदै छ : प्रचण्ड

    काठमाडौं । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलको मिलेमतोमा संसद्लाई बिचौलियाको खेलमैदान बनाइंदै लगिएको आरोप लगाएका छन् ।

    उनले संसद र संसदीय समितिमा भैरहेका भूमिकाप्रति समेत असन्तुष्टि जनाएका छन् । विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधि सभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको भन्दै आलोचना गरेका हुन् ।

    अध्यक्ष प्रचण्डले दुई ठूला दलहरूको मिलोमतोले संसदलाई ‘बिचौलियाको खेलमैदान’ बनाइएको आरोप लगाउँदै यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गरेका छन् ।

    लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिँदै उनले यदि गम्भीर समीक्षा र कठोर निर्णयहरू गरिएनन् भने परिस्थिति विस्फोटक बन्न सक्ने चेतावनी दिएका छन् ।

    प्रकाशित मिति :आषाढ ३० २०८२ सोमवार - १३:४२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij