Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल

विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल


  • 1.4K
    Shares

    विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

    शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरू सबैलाई एकताबद्ध गर्न जरुरी रहेको बताए ।

    एमालेले एकताबद्ध गर्न नचाहँदा नै वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको बताए । एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको बताए । 

    पूर्व प्रधानमन्त्री खनालले भने, ‘अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो ।

    त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हुने हो भने अलि ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको छ । अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, यदि विद्या भण्डारीले त्यो कुरा महसुस गरेर वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।’


    पूर्व प्रधानमन्त्री खनालले भण्डारी वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीति र एमालेमा प्रवेश गरेको भए त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । 

    प्रकाशित मिति :आषाढ २८ २०८२ शनिवार - १२:५५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij