Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

माओवादी केन्द्र र नेसपाबीच एकता महाधिवेशन गर्ने समझदारी, नाम ‘कम्युनिस्ट पार्टी समाजवादी’ प्रस्ताब

माओवादी केन्द्र र नेसपाबीच एकता महाधिवेशन गर्ने समझदारी, नाम ‘कम्युनिस्ट पार्टी समाजवादी’ प्रस्ताब


  • 2.7K
    Shares

    माओवादी केन्द्र र नेसपाबीच एकता महाधिवेशन गर्ने समझदारी, नाम ‘कम्युनिस्ट पार्टी समाजवादी’ प्रस्ताब
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बिच एकता महाधिवेशन गर्ने समझदारी भएको छ ।

    माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सकेपछि केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति तोक्ने र त्यतिबेला नेसपासँग एकता गर्ने समझदारी भएको हो ।

    नेसपाका अध्यक्ष यादवले माओवादी केन्द्रसँग एकता महाधिवेशन गर्ने समझदारी भएको बताए । माओवादीसँग पार्टी एकता गर्न सकारात्मक रहेको बताउँदै उनले भने, ‘यसै वर्ष माओवादीको महाधिवेशन गर्दा एउटै पार्टी बनाउने समझदारी भएको छ ।’

    माओवादी र नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै तत्कालीन पार्टी एकता कार्यदलका सदस्य गंगानारायण श्रेष्ठ अघि बढेर १२ जेठमा माओवादी केन्द्रसँग एकता घोषणा गरेका थिए । त्यतिबेला अध्यक्ष यादवले श्रेष्ठ माओवादी प्रवेश गरेको तर पार्टी एकता नभएको बताएका थिए ।

    उनले माओवादी केन्द्र नाम परिवर्तन गरेर ‘कम्युनिस्ट पार्टी समाजवादी’ हुनुपर्ने धारणा राख्दै आएका छन् । यद्यपि महाधिवेशनले जे निर्णय गरे पनि त्यसलाई स्वीकार्ने यादवको भनाइ छ ।

    १२ जेठमा अध्यक्ष यादवले भनेका थिए, ‘हामीले राखेको प्रस्ताव पदाधिकारीको बैठकबाट माओवादी केन्द्र हटाइयो भने एकता हुन्छ । बैठकले कम्युनिस्ट पार्टी समाजवादी बनाइनेछ भन्ने लेखेपछि हुन्छ । महाधिवेशनले के फैसला गर्छ हेरौं । हाम्रो पार्टी एकता हुन्छ । सम्मानजनक हुन्छ । र, एकताको महाधिवेशन नै हुन्छ ।’

    प्रकाशित मिति :आषाढ २६ २०८२ बिहिवार - ०६:१८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij