Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

प्रदर्शन

माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौंमा जनप्रदर्शन गर्ने

माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौंमा जनप्रदर्शन गर्ने


  • 1.3K
    Shares

    माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौंमा जनप्रदर्शन गर्ने
    images

    काठमाडौं । प्यालेस्टाइनमाथि इजरायलले ज्याजदी गरेको भन्दै नेकपा माओवादी केन्द्रसहित १२ वटा राजनीतिक घटकहरूले असार २७ गते अर्थात शुक्रबार काठमाडौँमा संयुक्त जनप्रदर्शन गर्ने भएका छन् ।

    माओवादी केन्द्रका महासचिव देव गुरुङद्वारा जारी सर्कुलरअनुसार, इजरायली सरकारले अमेरिकी साम्राज्यवादको संरक्षणमा गाजा लगायतका क्षेत्रमा आक्रमण र मानवअधिकार उल्लङ्घन गरेको भन्दै यो प्रदर्शनको आयोजना गरिएको हो ।

    सामाजिक तथा राजनीतिक रूपमा यो विषयमा साझा धारणा राख्ने १२ वटा राजनीतिक दलहरूबिच असार २३ गते संयुक्त बैठक बसेको थियो । 

    उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा साझा प्रदर्शनको तयारी गरिएको माओवादीको भनाइ छ ।

     

    प्रकाशित मिति :आषाढ २५ २०८२ बुधवार - १९:४४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij