२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिना जेठसम्म बैंकहरुबाट थप साढे ३८ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ।
सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्म बैंकहरुबाट १ खर्ब २८ अर्ब ६७ करोड १० लाख रुपैयाँ शेयर धितो कर्जा भएको छ।
जेठसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ८८ अर्ब ४२ करोड ७ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ भने गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ५८.१ प्रतिशतले बढेको छ।
असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।
यसैगरी जेठसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १५ अर्ब ३० करोड २ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ८७ करोड ५० लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ गएको छ।
गत असारको तुलनामा जेठसम्म ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २३.१ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा १०.४ प्रतिशतले बढेको रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij