२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे २३ अर्ब रुपैयाँ बढीको बोनस शेयर थपिएको छ।
सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा २३ अर्ब ६३ करोड रुपैयाँबराबरको बोनस शेयर थपिएको हो।
यस अवधिसम्म नेप्सेमा २२ अर्ब ४० करोड रुपैयाँबराबरको साधारण शेयर, १२ अर्ब १५ करोड रुपैयाँबराबरको हकप्रद सेयर र १ अर्ब २५ करोड रुपैयाँबराबरको म्युचुअल फन्ड, ११ करोड २० लाख रुपैयाँबराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँबराबरको अन्य शेयर गरी कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
नेपाल धितोपत्र बोर्डले १४ अर्ब ९५ करोड रुपैयाँबराबरको हकप्रद शेयर, १३ अर्ब रुपैयाँबराबरको म्युचुअल फन्ड, ८ अर्ब ४२ करोड रुपैयाँबराबरको डिबेन्चर र २ अर्ब ७५ करोड रुपैयाँबराबरको साधारण शेयर गरी कुल ३९ अर्ब १२ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
नेप्सेमा २०८२ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ८० करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ६७ अर्ब २९ करोड रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij