Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

११ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

११ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)


  • 1.6K
    Shares

    ११ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक  (पूर्णपाठसहित)

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा आधारमा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । 

    बैंकले मंगलबार सार्वजनिक गरेको साउनदेखि जेठसम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ ।

    यस्तै रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा १५.५ प्रतिशतले र अमेरिकी डलरमा १२.७ प्रतिशतले बढेको छ भने जेठ महिनाको रेमिट्यान्स मात्र १७६ अर्ब ३२ करोड रहेको राष्ट्र बैंकको भनाइ रहेको छ । 

    यस्तै शोधनान्तर स्थिति ४९१ अर्ब ४४ करोडले बचतमा रहँदा आयात १३.१ प्रतिशतले र निर्यात ७७.८ प्रतिशतले वृद्धि भएको छ । 

    यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ८.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ८.० प्रतिशतले बढेको बैंकले जानकारी दिएको छ ।

    साथै, कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ६५ करोड पुगेको छ भने नेपाल सरकारको खर्च १२८२ अर्ब ९४ करोड र राजस्व परिचालन १०१६ अर्ब ९ करोड रहेको छ ।


     

     

     

     
     

    प्रकाशित मिति :आषाढ २४ २०८२ मंगलवार - १३:१७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij