२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा रहेको विदेशी मुद्रा सञ्चितिको आकार २५ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।
जेठ मसान्तसम्म कुल २५ अर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा १८ अर्ब ६५ करोड रुपैयाँ बराबर रहेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २२७४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने बैंक तथा वित्तीय संस्थासँग २९४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।
कुल रकममध्ये भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको मंगलबार सार्वजनिक रिपोर्टमार्फत राष्ट्र बैंकले जानकारी दिएको छ ।
विदेशी विनिमय सञ्चितिले चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८२ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४२.१ प्रतिशत, १२२.९ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका राष्ट्र बैंकले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij