Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

रेमिट्यान्सको अर्को रेकर्ड, जेठमा मात्र भित्रियो १ खर्ब ७६ अर्ब

रेमिट्यान्सको अर्को रेकर्ड, जेठमा मात्र भित्रियो १ खर्ब ७६ अर्ब


  • 1.3K
    Shares

    रेमिट्यान्सको अर्को रेकर्ड,  जेठमा मात्र भित्रियो  १ खर्ब ७६ अर्ब
    images

    काठमाडौं । जेठको एकै महिना १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको रेकर्ड कायम भएको छ । यसअघि बैशाख महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । 

    चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको तुलनामा १५।५ प्रतिशत बढीरहेको छ । गत वर्ष जेठमा १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकको तथ्यांक उल्लेख गरीएको छ । 

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

    यस अवधिमा खुद ट्रान्सफर १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने ४ लाख ५२ हजार ३२४ ले श्रम स्वीकृति र ३ लाख ८ हजार ६७ जनाले विदेश जान पुनः श्रम स्वीकृति लिएका छन् ।

     

     

    प्रकाशित मिति :आषाढ २४ २०८२ मंगलवार - १२:१८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij