Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल जारी

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल जारी


  • 1.5K
    Shares

    बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल जारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।

    छलफलमा गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल र एमाले उपमहासचिवसमेत रहेका प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत पनि सहभागी छन्। 

    करिब एक घण्टादेखि सत्ता गठबन्धनका नेताबीच छलफल चलेको हो।  कांग्रेसको बैठक लगत्तै देउवा ओलीसँगको छलफलको लागि बालुवाटार गएका हुन्। 

    उनीहरूबीच समसामयिक राजनीतिक परिस्थिति, बाढीपहिरो र डुबानबाट भएको क्षति तथा उद्धारलगायत विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। 

    प्रकाशित मिति :आषाढ २४ २०८२ मंगलवार - ११:३३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij