२०८२ भाद्र १ गते आइतवार
यूएई । गोरखा सेवा समाज यूएईको ५ औं अधिबेशनबाट साजन श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । गत आइतवार दुबईमा सम्पन्न अधिबेशनले श्रेष्ठलाई अध्यक्षमा सर्बसम्मतले निर्वाचित गरिएको हो ।
अधिबेशनले बरिष्ठ उपाध्यक्ष लोकमान श्रेष्ठ, उपाध्यक्ष दिवाकर सुवेदी क्षेत्री र महिला उपाध्यक्षमा हरिमाया गुवाजुलाई चयन गरेको छ भने महासचिबमा बद्री भण्डारी चयन भएका छन् । यस्तै सचिबमा हरिराम भन्तना, कोषाध्यक्ष अर्जुन बि.क. र सह-कोषाध्यक्षमा सिता श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरि युवा संयोजक दिपेन्द्र श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा दिपक भट्ट, समिक श्रेष्ठ, सुष्मा रोका, सुवास गैरे, नवराज बरामु, सुमन श्रेष्ठ, दिपेन्द्र बानियाँ, बिष्णु नारायण श्रेष्ठ, शिशीर दानी, बिर बहादुर गुरुङ र नरेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् भने बाँकी रिक्त रहेका पदहरु आगामी बस्ने बैठकले मनोनित गर्ने नवर्निवाचित अध्यक्ष श्रेष्ठले बताए ।
नेपाली समाजका यूएईको अध्यक्ष राम मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली समाजका पार्षद अध्यक्ष कमल गिरी, जनप्रगतिशिल मन्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, नेवा: पुच: यूएईका महासचिव कुमार बलामीलगायत विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij