Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हिमालयन बैंकलाई साढे ९२ लाख कित्ता एफपीओ जारी गर्न बोर्डको अनुमति

हिमालयन बैंकलाई साढे ९२ लाख कित्ता एफपीओ जारी गर्न बोर्डको अनुमति


  • 1.1K
    Shares

    हिमालयन बैंकलाई साढे ९२ लाख कित्ता एफपीओ जारी गर्न बोर्डको अनुमति

    काठमाडौं । हिमालयन बैंकले एफपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले असार २२ गते हिमालयन बैंकलाई एफपीओ ल्याउन अनुमति दिएको हो। बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

     बोर्डले अनुमति दिएसँगै  हिमालयन बैंकले १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँबराबरको एफपीओ जारी गर्ने भएको छ। 

    बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १५७ रुपैयाँमा एफपीओ बिक्री खुला गर्ने भएको छ।

    यसअघि हिमालयन बैंकले धितोपत्र बोर्डमा निवेदन दिँदा अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम ६९ रुपैयाँ थपेर १६९ रुपैयाँ एफपीओ जारी गर्न अनुमति मागेको थियो ।

    बोर्डले प्रिमियममा १२ रुपैयाँ घटाएर एफपीओ जारी गर्न अनुमति दिएको छ। हिमालयन बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्ने भएको छ। 

    प्रकाशित मिति :आषाढ २३ २०८२ सोमवार - १०:२४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij