Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

२२ समस्याग्रस्त सहकारीका ६१ हजार बचतकर्तालाई ३ अर्ब ७१ करोड रुपैयाँ फिर्ता, ३४ अर्बभन्दा बढी बाँकी

२२ समस्याग्रस्त सहकारीका ६१ हजार बचतकर्तालाई ३ अर्ब ७१ करोड रुपैयाँ फिर्ता, ३४ अर्बभन्दा बढी बाँकी


  • 2.2K
    Shares

    २२ समस्याग्रस्त सहकारीका ६१ हजार बचतकर्तालाई ३ अर्ब ७१ करोड रुपैयाँ फिर्ता, ३४ अर्बभन्दा बढी बाँकी
    images

    काठमाडौं ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै स्थापनाकालदेखि हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । २२ वटा समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता तथा मिलान भएको छ ।

    समितिले हालसम्म विभिन्न २२ वटा सहकारीका ६१ हजारभन्दा बढी बचतकर्तालाई सो बराबरको बचत फिर्ता तथा हिसाब मिलान गरिएको हो । 

    पत्रकार सम्मेलन आयोजना गर्दै स्थापनाकालदेखि हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । अहिलेसम्म फिर्ता भएको यो रकम कुल मागदाबीको करिब १० प्रतिशत मात्र छ। पीडितहरूको अझै ३४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता हुन बाँकी रहेको छ । 

    समितिका अनुसार अहिलेसम्म ६१ हजार ९४ जना मागदाबीकर्ताको कुल मागदाबी रकम ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार रुपैयाँको मागदाबी परेको छ  भने यसमध्ये समितिले आफ्नो दुई वर्षे कार्यकालमा विभिन्न प्रक्रियामार्फत ३ अर्ब ७१ करोड ६६ लाख ५ हजार ६५४ रुपैयाँ बराबरको बचत फिर्ता तथा दायित्व मिलान गरिएको जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :आषाढ २२ २०८२ आइतवार - १६:११:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij