Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

विद्या भण्डारी सक्रिय राजनीतिमा आउने भए अध्यक्षबाटै प्रस्ताव हुन्छ : रघुवीर महासेठ

विद्या भण्डारी सक्रिय राजनीतिमा आउने भए अध्यक्षबाटै प्रस्ताव हुन्छ : रघुवीर महासेठ


  • 1.5K
    Shares

    विद्या भण्डारी सक्रिय राजनीतिमा आउने भए अध्यक्षबाटै प्रस्ताव हुन्छ : रघुवीर महासेठ
    images

    काठमाडौं । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच कुनै अन्तरविरोध नभएको जिकिर गरेका छन् ।

    आइतबार (असार २२) जनकपुरधाममा सञ्चारकर्मीसँग उनले भण्डारी सक्रिय राजनीतिमा आउने भए अध्यक्ष ओलीकै प्रस्ताव रहने बताए । “दिनहुँ कित्ताकाटका समाचार आइरहेको छ, यसमा कुनै सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपतिको बीचमा कुनै अन्तरविरोध छैन । यदि, उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षको सहमति र प्रस्तावमा आउनुहुन्छ,” उनले भने । 

    भण्डारीलाई सक्रिय हुन संविधान र पार्टीको विधानले नछेक्ने महासेठले बताए । “हाम्रो सचिवालयमा पनि छलफल भएकै हो । यदि, उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने हामीले किन रोक्ने रु संविधान र विधानले रोक्ने कुनै दफा छैन,” उनले भने ।

    उनले पार्टीका एक–दुईजनाले अन्तरविरोध बढाउन खोजेको र त्यो राम्रो नभएको टिप्पणी गरे । आउँदो महाधिवेशनसम्म ओलीकै निर्देशनमा पार्टी चल्ने उनले बताए ।

    “हामी कुनै पनि कित्तामा छैनौँ, पार्टीको कित्तामा छौँ । अध्यक्षको चयन कित्ताकाट गरेर गर्ने होइन, महाधिवेशनले गर्ने हो,” उनले भने ।

     

    प्रकाशित मिति :आषाढ २२ २०८२ आइतवार - १२:०७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij