Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


  • 1.1K
    Shares

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आइतबार बस्दै छ।

    बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बस्ने तय भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। 

    बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्षा माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुने ज्वालाले जानकारी दिए। 

    अघिल्लो सचिवालय बैठकमा अध्यक्ष नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गरेका थिए। आज त्यसबारे  छलफल जारी रहने प्रचार विभाग प्रमुख ज्वालाले बताए। साथै नेता रामकुमारी झाक्रीको विषयमा पनि छलफल हुने बताइएको छ। 

    त्यसमा एजेन्डा नै  तय गरिएको नभए पनि छलफलका क्रममा विषय उठान हुने एक नेताले बताए। अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि झाक्रीले अर्ली महाधिवेशन गरेर अध्यक्ष फेर्नुपर्ने बताएकी थिइन्। सिनो बोकेर हिँड्न नसक्नेु भनेपछि पार्टीभित्र उनको चर्को आलोचना भएको छ। 

    प्रकाशित मिति :आषाढ २२ २०८२ आइतवार - १०:४२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij