Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

नाउपाले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

नाउपाले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन


  • 1.4K
    Shares

    नाउपाले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
    images

     

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    कैलालीको धनगढीमा शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    नाउपाका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको पुष्टि गरे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए ।

    चौधरीको बर्खास्तीलाई नाउपाले मनपरी र लोकतान्त्रिक मूल्य माथिको अपमानको रूपमा लिएको छ । संघीय सरकारबाट पनि बाहिरिने नाउपाको तयारी छ ।

    प्रकाशित मिति :आषाढ २० २०८२ शुक्रवार - १४:२८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij