Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक

राप्रपाले थाल्यो उपनिर्वाचनको तयारी, समिति पनि गठन

राप्रपाले थाल्यो उपनिर्वाचनको तयारी, समिति पनि गठन


  • 1.5K
    Shares

    राप्रपाले थाल्यो उपनिर्वाचनको तयारी,  समिति पनि गठन
    images

    काठमाडौं । राप्रपाले कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि आवश्यक तयारी थालेको छ ।

    बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनको आवश्यक प्रक्रिया र तयारी प्रारम्भ गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार सम्भावित उमेदवारहरुको सुची सिफारिस गरी असार मसान्तसम्म केन्द्रीय कार्यालयमा पठाउन जिल्ला कार्य समितिलाई निर्देश गरिएको छ।

    यस्तै उपनिर्वाचनको तयारीलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन वरिष्ठ नेता उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरिएको छ। 

    उक्त परिचालन समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमितिका सदस्यहरु र आमन्त्रित सदस्यहरु सदस्य रहने श्रेष्ठको भनाइ छ ।

    राप्रपाकै सांसद दीपक बोहराको निधनपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

    प्रकाशित मिति :आषाढ १९ २०८२ बिहिवार - १५:५१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij