Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

स्थायी लेखा नम्बर लिने करदाताको संख्या बढ्यो, व्यक्तिगत प्यान लिने सबैभन्दा धेरै

स्थायी लेखा नम्बर लिने करदाताको संख्या बढ्यो, व्यक्तिगत प्यान लिने सबैभन्दा धेरै


  • 1.9K
    Shares

    स्थायी लेखा नम्बर लिने करदाताको संख्या बढ्यो, व्यक्तिगत प्यान लिने सबैभन्दा धेरै

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (चैत मसान्तसम्म) मा ५ लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् । 

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा स्थायी लेखा नम्बर लिने कुल करदाताको संख्या ६७ लाख ९९ हजार ८९५ पुगेको छ । 

    मन्त्रालयको सार्वजनिक तथ्यांकले गत आर्थिक वर्षको तुलनामा समेत करदाता थपिने क्रम बढेको देखाएको । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा ५ लाख ५१ हजार ५६७ नयाँ करदाता थपिएका थिए । यस वर्ष सोही अवधिमा २२ हजारभन्दा बढी करदाता थपिएको छे।

    चालु आर्थिक वर्षको चैतसम्ममा थपिएका नयाँ करदातामध्ये सबैभन्दा ठुलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरूको छ  भने यस अवधिमा ४ लाख ८० हजार ७० जनाले व्यक्तिगत प्यान लिएका छन् । 

    यस अवधिमा करकट्टी गर्ने निकायले लिएको व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या ९१ हजार ७७३, स्थायी लेखा नम्बर ९डब्ल्यूप्यान० लिने १ हजार ८३९ र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४ लाख ८० हजार ७० ले बढेका छन्। 

    योसँगै बीप्यान लिनेको संख्या २० लाख ३५ हजार ८७४, डब्ल्यूप्यान लिनेको संख्या ३५ हजार १६७ र पीप्यान लिनेको संख्या ४७ लाख २८ हजार ७७४ पुगेको छ।

    प्रकाशित मिति :आषाढ १९ २०८२ बिहिवार - ११:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij