Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन

युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन


  • 904
    Shares

    युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। 

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    नेप्सेले लाभांश प्रयोजनार्थ युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५५६.६२ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६१२.२८ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको शेयर कारोबारमा आउने भएको छ।

    कम्पनीले आफ्नो ३१ औँ वार्षिक साधारणसभा यही असार ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेट एन्ड इभेन्टमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। 

    वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले आज असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असार १८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ।

     त्यसैगरी, सभाले १५ प्रतिशत हकप्रद संशोधन गरी बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने छ।

    प्रकाशित मिति :आषाढ १९ २०८२ बिहिवार - १०:१०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij