२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित कतिपय विदेशी मुद्राको मूल्य भने घटेको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ८३ पैसा र बिक्री दर १३७ रुपियाँ ४३ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ९५ पैसा र बिक्रीदर १६१ रुपियाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ५३ पैसा र बिक्रीदर १८८ रुपियाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १७२ रुपियाँ ६१ पैसा र बिक्रीदर १७३ रुपियाँ ३७ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८४ पैसा र बिक्रीदर ९० रुपियाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ३१ पैसा र बिक्रीदर १०० रुपियाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४५ पैसा र बिक्रीदर १०७ रुपियाँ ९२ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०९ पैसा र बिक्रीदर १९ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४९ पैसा र बिक्रीदर ३६ रुपियाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७१ पैसा कायम भएको छ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३६ पैसा र बिक्रीदर ३२ रुपियाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३८ पैसा र बिक्रीदर १४ रुपियाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५७ पैसा र बिक्रीदर २१ रुपियाँ ६७ पैसा तोकिएको छ।
यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४३ पैसा र बिक्रीदर १७ रुपियाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ३१ पैसा र बिक्रीदर ४५० रुपियाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ९८ पैसा र बिक्रीदर ३६४ रुपियाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ३९ पैसा र बिक्रीदर ३५६ रुपियाँ ९५ पैसा रहेको छ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij