२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती सेवा विधेयक-२०८० मा व्यवस्था भएको ‘कुलिङ पिरियड’ लाई निष्प्रभावी बनाएको विषयमा छानबिन गर्न माग गरेको छ ।
बुधबार केन्द्रीय कार्यालय पोरिसडाँडामा प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गरी विधेयकमा भएको चलखेलबारे छानबिन गर्न माग गरेको छ ।
विधेयकमा ‘कुलिङ पिरियड’ लाई प्रभावित पार्न रहस्यमय चलखेल भएको सापकोटाले आरोप लगाएका छन् । समितिले सर्वसम्मत पास भएको विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने छ । पुलिस, सेना, प्रशासन क्षेत्रका कुनै पनि व्यक्तिलाई दुई वर्ष नियुक्त गर्न नपाइने सपाट सत्य थियो ।
उनले भने, त्यसलाई उल्टाएर जालसाजी ढङ्गले कुलिङ पिरियड नराख्ने चलखेल भएको छ । यो धेरै गम्भीर छ । यसलाई प्रारम्भिक दृष्टिकोणबाट छानबिन गर्नुपर्छ भनेर सरकारसँग अपिल गछौँ’,।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij