Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

माधव नेपालविरुद्ध बोल्दा रामकुमारीसँग माग्यो ३ दिने अल्टिमेटमसहित स्पष्टीकरण

माधव नेपालविरुद्ध बोल्दा रामकुमारीसँग माग्यो ३ दिने अल्टिमेटमसहित स्पष्टीकरण


  • 2.0K
    Shares

    माधव नेपालविरुद्ध बोल्दा रामकुमारीसँग  माग्यो ३ दिने अल्टिमेटमसहित स्पष्टीकरण
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

    पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको हो । ‘उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको छ’, उनले भने ।

    गत शनिबार झाँक्रीले नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने झाँक्रीको माग थियो ।

    त्यस क्रममा उनले ‘सिनो बोकेर’ अगाडि बढ्न नसकिने समेत बताएकी थिइन् । उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।

    प्रकाशित मिति :आषाढ १८ २०८२ बुधवार - १३:०१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij