२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । सत्ताको नेतृत्व दल नेकपा एमालेले पनि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ।
बैठकमा एमाले सांसद पदम गिरीले आजको बैठकमा खतिवडाको राजीनामा माग गरेका हुन्।
ुयो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो। प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ,ु उनले भने, ुहेर्ने अन्तिम दायित्व उहाँहरूको हो। जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो। नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन।
त्यस्तै उनले समिति सभापतिसँगै सचिवले पनि पदमा रहिरहन नमिल्ने बताए।
संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरिडको व्यवस्थाबारे निर्णय एउटा र अन्तिममा पारित गर्ने बेलामा अर्कै बुँदा उल्लेख भएको विषयमा चर्को आलोचना र विवाद भइरहेको छ।
एमालेकै सांसद वासुदेव घिमिरेले पनि सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुराले राजीनामा दिनुपर्ने माग राखे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij