Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार


  • 1.3K
    Shares

    आँप मेलामा १० लाखभन्दा बढीको कारोबार
    images

    काठमाडौं ।  धनुषामा दुई दिवसीय आँप मेला सोमबार  सम्पन्न भएको छ ।

    यहाँको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा स्थानीय आँपको प्रवर्द्धन, बजारीकरण तथा पर्यटन विकास गर्ने उद्देश्यले ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ आयोजना गरिएको थियो । दुई दिनमा करिब २० हजारभन्दा बढी मानिसले अवलोकन गर्दा रु १० लाखभन्दा बढी कारोबार भएको चित्रपुर म्याङ्गो एग्रो टुरिजम बोर्डका संयोजक प्रदीप महतोले जानकारी दिएका छन्।

    ‘मधेसको मिठास, चित्रपुरको आँप’ भन्ने नारासहित आयोजित मेलामा ४० भन्दा बढी जातका आँपहरू तथा आँपबाट बनेका विभिन्न परिकार प्रदर्शन गरिएका थिए ।

    महोत्सवमा विद्यालयका विद्यार्थीका लागि विभिन्न जातका आँप चिनाउने, आँपसँग सम्बन्धित ज्ञानमूलक कार्यक्रम, कृषि विज्ञसँग अन्तरक्रिया तथा सांस्कृतिक प्रस्तुतिसमेत गएिका थिए ।

    यसअघि मेलाको उद्घाटन मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेका थिए । मेलामा विभिन्न थरिका आँप, अचार, अमोट, आमिल, जुस प्रदर्शनसँगै विक्री वितरणसमेत गरिएको बोर्डका सदस्य फुलगेन महतो मगहीले जानकारी दिएका छन् ।

    तीन सय विघाहभन्दा बढी क्षेत्रफलमा फैलिएको चित्रपुर आँप  बगैँचामा गत वर्षदेखि किसान मिलेर आँपको प्रवर्द्धनसँगै बजारीकरणका लागि मेला आयोजना गर्दै आएका छन् ।

    प्रकाशित मिति :आषाढ १७ २०८२ मंगलवार - १०:५०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij