Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

निर्जीवन बीमा कम्पनीहरूद्वारा ११ महिनामा करिब ४० अर्ब बिमा शुल्क संकलन

निर्जीवन बीमा कम्पनीहरूद्वारा ११ महिनामा करिब ४० अर्ब बिमा शुल्क संकलन


  • 1.2K
    Shares

    निर्जीवन बीमा कम्पनीहरूद्वारा ११ महिनामा करिब ४० अर्ब बिमा शुल्क संकलन
    images

    काठमाडौं ।  निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ११ महिनामा करिब ४० अर्ब रुपैयाँ बढी बिमा शुल्क संकलन गरेको छ। 

    नेपाल बीमा प्राधिकरणको जेठ मसान्तसम्मको तथ्यांक अनुसार १४ निर्जीवन बिमा र ४ वटा लघु बीमा कम्पनी गरी १८ वटा निर्जीवन बिमा कम्पनीहरूले कुल ३९ अर्ब ८८ करोड ४० लाख ७५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

    जेठ मसान्तसम्ममा १४ बिमा कम्पनीहरूले ३९ अर्ब ३ करोड ४४ लाख ८६ हजार रुपैयाँ र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूले ८४ करोड ९५ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । 

    शिखर इन्स्योरेन्सले ५ अर्ब ९ करोड ९ लाख, ,सगरमाथा लुम्बिनीले ४ अर्ब ५० करोड ३७ लाख  र नेसनल इन्स्योरेन्स कम्पनीले ९७ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

    लघु निर्जीवन बीमा कम्पनीहरूमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै २३ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ  भने यस अवधिमा यी १८ कम्पनीहरूले कुल २९ लाख २६ हजार ५२९ वटा बीमा लेख जारी गरेको छ ।

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १०:०३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij