Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१ अर्ब १६ करोड बराबरको आयात, हाइब्रिड धानको आकर्षण बढ्दा रैथाने जातको खेती घट्दै

१ अर्ब १६ करोड बराबरको आयात, हाइब्रिड धानको आकर्षण बढ्दा रैथाने जातको खेती घट्दै


  • 1.8K
    Shares

    १ अर्ब १६ करोड बराबरको आयात, हाइब्रिड धानको आकर्षण बढ्दा रैथाने जातको खेती घट्दै
    images

    काठमाडौं । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १ अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको छ ।  नेपालमा धानको बिउ आयात एक वर्षमै करिब ३१ प्रतिशतले बढेको छ । 

    गत वर्षको सोही अवधिमा ८८ करोड ६५ लाख २१ हजार रुपैयाँको बीउ आयात भएको थियो भने किसानहरूमा रैथाने जातभन्दा हाइब्रिड धानको आकर्षण बढ्दै जाँदा बीउमा परनिर्भरता बढेको विज्ञहरूले बताएका छन् ।

    चालु आर्थिक वर्ष २५७०.६८ मेट्रिक टन धानको बीउ आयात भएको छ भने अघिल्लो वर्ष २१०७/२३ मेट्रिक टन  धानको बीउ आयात भएको थियो ।

    विज्ञहरुकोअनुसार उत्पादन बढी हुने भएकाले रैथानेको सट्टा हाइब्रिड जातको धान लगाउने क्रम बढ्दै जाँदा पछिल्लो समय रैथाने जातको धान खेती घट्दै गएको छ । 

    आर्थिक वर्ष २०८०/८१ मा ८८ करोड ६६ लाख ९ हजार रुपैयाँको २१०७.४६ मेट्रिक टन , २०७९/८० मा ७५ करोड ६३ लाख ९३ हजार रुपैयाँको १८८३.०९ मेट्रिक टन, २०७८/०७९ मा ८७ करोड ५ लाख ९२ हजार रुपैयाँको ५११५.०७ मेट्रिक टन बिउ आयात भएको विभागको तथ्यांकमा उल्लेख गरीएको छ । 

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १३:१०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij