२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई निलम्बन गरेको छ ।
प्रहरी उपरीक्षक रामेश्वर यादव, विमल बस्नेत र प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया निलम्बनमा परेका हुन् । निलम्बन गरेकोबारे प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले पुष्टि गरे ।
"प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा आर्थिक अनियमितता गरेको आरोपमा उनीहरू निलम्बनमा परेका हुन्, उनले भने,-हिजोदेखि लागू हुनेगरी निलम्बन गरिएको छ ।"
प्रहरी उपरीक्षक यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाह पथमा, बस्नेत महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, र प्रहरी निरीक्षक चौरासिया जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत छन्।
प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा मन्त्रालयले उनीहरूलाई निलम्बन गरेको हो । ‘उनीहरूमाथि थप अनुसन्धान तथा कारबाही हुनेछ,’ प्रवक्ता कुँवरले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij