Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

२५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे रास्वपामा छलफल

२५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे रास्वपामा छलफल


  • 1.3K
    Shares

    २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे रास्वपामा छलफल
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे छलफल चलेको छ । रास्वपामा विधानतस् १२१ सदस्य केन्द्रीय सदस्य हुने भनिएको छ । तर, हाल ६७ जना मात्रै रहेका छन् ।

    रास्वपाका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्य थप्ने प्रस्तावबारे छलफल भएको पुष्टि गरे । ‘अहिले रास्वपाका जोडिन चाहने धेरै हुनुहुन्छ । महाधिवेशन ८/९ महिना बाँकी नै छ । त्यतिन्जेलसम्म रास्वपामा जोडिन चाहनेलाई कुनै जिम्मेवारी दिन सकिन्छ कि भन्ने छलफल चलेको छ’, झाले भने ।

    तर, यो विषय केवल प्रस्तावको रुपमा मात्रै रहेको उनले बताए । रास्वपाका अर्का एक नेताका अनुसार अरु दलमा जिम्मेवारीमा बहाल रहेका र पूर्वसांसद समेत जोडिन खोजेका छन् । यस्तोमा केन्द्रीय सदस्यसम्मको जिम्मेवारी दिन सकिन्छ कि भने छलफल चलेको छ ।

    २७ चैत २०८१ मा बसेको रास्वपा सचिवालय बैठकमा यो विषयमा छलफल भएको थियो । पछिल्लो पटक यही असार १४ गते बसेको रास्वपाको संसदीय दलको बैठकमा समेत यो विषयले प्रवेश पाएको थियो ।

    कतिपयले भने महाधिवेशन नजिकिएले केन्द्रिय सदस्यको संख्या नथप्ने कि भन्ने राय प्रकट गरेका छन् । रास्वपाले आगामी फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने तय गरेको छ ।

     

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १०:३८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij