२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । विभूति स्कुल ढुङ्गेधारा बनस्थलीले लगातार ३ वर्ष ४ जिपिए ल्याएर एसईई परीक्षामा नयाँ ईतिहास रच्न सफल भएको छ।
यस स्कुलका विद्यार्थीले शैक्षिक सत्र २०७९ मा २ जनाले, २०८० मा १ जनाले र २०८१ मा पनि २ जनाले ४ जिपिए ल्याउन सफल भएका छन् ।
यस पटक यस स्कुलबाट एसईईमा सहभागी २८ जना मध्ये २ जनाले ४.०० जिपिए, २५ जनाले ३.६५–३.९६ जिपिए र १ जनाले ३.४० जिपिए ल्याउन सफल भएको प्रिन्सिपल राजेश्वर श्रेष्ठले जानकारी दिए ।
साथै उत्कृष्ट नतिजाकोलागि अहोरात्र खट्नुहुने तमाम शिक्षक-शिक्षिका, विद्यार्थीहरु तथा अभिभावकप्रति स्कुलले हार्दिक आभार तथा बधाई व्यक्त गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij