Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी

एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी


  • 1.9K
    Shares

    एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी
    images

    काठमाडौं । २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई० को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले जारी रहेको छ । भक्तपुरस्थित बोर्डको कार्यालयमा केही बेरअघिदेखि बैठक चलिरहेको हो । बैठक सकिएपछि शुक्रबार नै नतिजा सार्वजनिक हुने बताइएको छ । 


    यसअघि परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसइई नतिजा सार्वजनिक गर्ने बताएका थिए । तर, बोर्ड बैठक बस्न ढिलाइ भएकै कारण नतिजामा पनि ढिलाइ हुने भएको हो । 

    २०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - १७:०६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij