Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कोशी प्रदेश

कोशी प्रदेश सभाबाट पारित भयो आगामी आर्थिक वर्षको बजेट

कोशी प्रदेश सभाबाट पारित भयो आगामी आर्थिक वर्षको बजेट


  • 1.6K
    Shares

    कोशी प्रदेश सभाबाट पारित भयो आगामी आर्थिक वर्षको बजेट
    images

    काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको छ ।

     शुक्रबार बसेको प्रदेशसभा बैठकले सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो । 

    प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ (४७.७ प्रतिशत) विनियोजन गरिएको छ ।

    आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि प्रदेश सरकारले विभिन्न स्रोतहरू निर्धारण गरेको छ । जसअनुसार, आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड, र सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड रुपैयाँ जुटाइनेछ । यसैगरी, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड, समपूरक अनुदानबाट ३९ करोड र विशेष अनुदानबाट ५५ करोड रुपैयाँ स्रोत व्यवस्थापन गर्ने लक्ष्य छ । बजेटमा अपुग हुने ३ अर्ब १३ करोड रुपैयाँ भने नगद मौज्दातबाट व्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

    बजेटले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन सोचलाई आत्मसात् गर्दै कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ । यस बजेटमार्फत प्रदेशले ५.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।

    बजेट पारित भएसँगै अब सरकारलाई आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - १३:४०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij