Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बागमती प्रदेशमा ६७ अर्बको बजेट, कुन जिल्लामा कति ?

बागमती प्रदेशमा ६७ अर्बको बजेट, कुन जिल्लामा कति ?


  • 1.5K
    Shares

    बागमती प्रदेशमा ६७ अर्बको बजेट,  कुन जिल्लामा कति ?
    images

    काठमाडौं । बागमती प्रदेशले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेटमा कुल ४१ अर्ब ४३ करोड पुँजीगत तर्फ अर्थात् ६१ प्रतिशत बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । 

    मन्त्रालयले ल्याएको बजेटको कुल ११.९ प्रतिशत बजेट काठमाडौं जिल्लामा परेको छ । मकवानपुरमा १०.६  प्रतिशत बजेट विनियोजन भएको छ ।

    यस्तै, नुवाकोट र काभ्रेपलाञ्चोक जिल्लामा कुल बजेटको १०/१०  प्रतिशत बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । 

    सिन्धुपाल्चोक जिल्लामा ८.४ प्रतिशत बजेट विनियोजन भएको छ भने आर्थिक मामिला मन्त्री समेत रहेका दोलखा जिल्ला भने विनियोजित बजेटको ८.३ प्रतिशत बजेट विनियोजन भएको छ । 

    बागमती प्रदेशको विनियोजित बजेटमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय, अन्तर्गतका विकास बजेट तर्फ ३ अर्ब ९४ करोड ७९ लाख १० हजार रुपैंया बजेट विनियोजित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।
     
    चितवनमा ७.५ प्रतिशत, सिन्धुलीमा ६.८ प्रतिशत, ललितपुरमा ६।७ प्रतिशत, रामेछापमा ६.१ प्रतिशत, धादिङमा ६.१ प्रतिशत, भक्तपुर जिल्लामा ४.८ प्रतिशत र रसुवा जिल्लामा २.८ प्रतिशत बजेट विनियोजित भएको छ ।  

    काभ्रेपलाञ्चोकमा ३ अर्ब ३० करोड २५ लाख ७० हजार, चितवनमा २ अर्ब ४८ करोड ५८ लाख ४० हजार, दोलखा जिल्लामा २ अर्ब ७४ करोड ९९ लाख ५० हजार, धादिङमा २ अर्ब १ करोड ४० लाख ५० हजार, र नुवाकोटमा ३ अर्ब ३१ करोड ६४ लाख ९० हजार बजेट विनियोजित भएको छ ।

    साथै, भक्तपुरमा १ अर्ब ५९ करोड ९३ लाख, मकवानपुरमा ३ अर्ब ४९ करोड ८३ लाख, रसुवामा ९२ करोड ५२ लाख ९० हजार, रामेछापमा २ अर्ब ३ करोड ११ लाख ४० हजार, ललितपुरमा २ अर्ब २२ करोड ५४ लाख, सिन्धुपाल्चोकमा २ अर्ब ७९ करोड ९५ लाख ४० हजार र सिन्धुलीमा २ अर्ब २५ करोड ९६ लाख ८० हजार बजेट विनियोजित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।  

    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १२:१२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij