२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ। कम्पनीले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
उक्त शेयर हाललाई कम्पनीका संस्थापक सेयरधनीले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको छ । इच्छुक सेयरधनीहरुले काठमाडौंको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।
तोकिएको समयाभित्र संस्थापक सेयरधनीबाट कुनै आवेदन प्राप्त नभएको खण्डमा कम्पनीले सर्वसाधारणलाई बिक्री खुला गर्ने जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij