Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

भन्सार विभागको तथ्यांकअनुसार ६ अर्ब ६६ करोड रुपैयाँको आलु आयात

भन्सार विभागको तथ्यांकअनुसार ६ अर्ब ६६ करोड रुपैयाँको आलु आयात


  • 1.7K
    Shares

    भन्सार विभागको तथ्यांकअनुसार ६ अर्ब ६६ करोड रुपैयाँको आलु आयात
    images

    काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ६ अर्ब ६६ करोड रुपैयाँको आलु आयात भएको छ । 

     सार्वजनिक तथ्यांकअनुसार तीनवटा मुलुकबाट ६ अर्ब ६६ करोड ८५ लाख १२ हजार रुपैयाँ बराबरको २७००२६.९६ मेट्रिक टन आलु आयात भएको उल्लेख छ । 

    उक्त परिमाणमा आलु आयात हुँदा १ अर्ब ३१ करोड २६ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जानकारी दिएको छ । 

    भन्सार विभागका अनुसार कुल आलु आयात भएकोमध्ये सबैभन्दा धेरै भारतबाट आयात ६  अर्ब ३५ करोड १४ लाख ४६ हजार रुपैयाँको २५०९९७.८८ मेट्रिक टन आलु आयात भएको छ । 

    बङ्गलादेशबाट ३१ करोड ४९ लाख ७० हजार रुपैयाँको १८९६३.०७ मेट्रिक टन आलु आयात भएको छ भने २१  लाख ५६ हजार रुपैयाँको ६६ मेट्रिक  टन आलु चीनबाट आयात भएको छ । 

     

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १२:४८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij