Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

जसपा नेपालको केन्द्रीय समितिमा पाँच जना मनोनीत

जसपा नेपालको केन्द्रीय समितिमा पाँच जना मनोनीत


  • 1.2K
    Shares

    जसपा नेपालको केन्द्रीय समितिमा पाँच जना मनोनीत
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिले विभिन्न दलबाट भित्रिएका पाँच जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

    पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पर्साका शशीकुमार मियाँ, करिमा बेगम र सुधिरनाथ पाण्डेलाई केन्द्रीय समितिमा मनोनीत गरेको हो ।

    यस्तै, रुपन्देहीका कैलाश गुरुङ र रुपन्देहीकै निलम यादवलाई पनि केन्द्रीय समितिमा मनोनयन गरिएको सो पार्टीका प्रवक्ता मनिष कुमार सुमनले जनाएका छन् ।

    बैठकले सप्तरीको राजविराज नगरपालिकामा हालै घटेको अप्रिय घटनामा संलग्न रहेका पार्टी सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता सुमनले बताए ।

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १४:५०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij