Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

निराशा र स्टन्टवाजीले मुलुकको विकास हुँदैन : ज्ञानेन्द्र कार्की

निराशा र स्टन्टवाजीले मुलुकको विकास हुँदैन : ज्ञानेन्द्र कार्की


  • 1.4K
    Shares

    निराशा र स्टन्टवाजीले मुलुकको विकास हुँदैन : ज्ञानेन्द्र कार्की
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले छिमेकी मुलुक चीन र भारतमा तीव्र विकास भए पनि नेपालमा व्यवस्था मात्र परिवर्तन भएको अवस्था परिवर्तन नभएको गुनासो आइरहेको बताएका छन् । 

    प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद कार्कीले मुलुकमा केही भएन र म भए मात्र विकास हुन्छ, अर्को हुँदा विकास नै हुँदैन भनेर भाष्य निर्माण गर्नु गलत भएको बताए । उनले देशमा किन विकास भएन भनेर पनि आवाज उठिरहेको बताए । 

    ‘व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन भन्ने आवाज सर्वत्र उठिरहेको छ’, कार्कीले भने, ‘प्रजातन्त्र आएको करिब ३६ वर्ष हुन लाग्यो । गणतन्त्र आएको करिब १७ वर्ष भयो, संविधान जारी भएको करिब १० वर्ष हुन लाग्यो । अरू देशको विकास हुने अरू देशको विकास हुने हाम्रो देशको किन नहुने ?’ उनले अरू देशले कसरी विकास गरे र हामीले किन गरेनौ भनेर विश्लेषण नगर्ने हो भने निराशा व्यक्त गरेर र स्टन्टवाजीमात्र गरेर मात्र मुलुकको विकास गर्न नसकिने बताए । 

    ‘मुलुकको विकासका लागि राजनीतिक स्थिरता, नेतृत्वको इच्छाशक्ति, नीतिगत स्थिरता र विकास निर्माणका दीर्घकालीन सोचका साथ योजना अघि बढाउने र सबै दलको प्रतिविद्धताविना देश विकास सम्भव छैन ।’ 

    हाम्रो विकासको मोडलबारे समेत पुनर्विचार र अध्ययन गर्नुपर्ने कार्कीको भनाइ छ ।

    प्रकाशित मिति :आषाढ ८ २०८२ आइतवार - १४:०८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij