२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्कटल्यान्डबाट स्वदेश फर्किने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली अपरान्ह्र स्वदेश फर्किन लागेको हो।
नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेल्न उडेको थियो।
उक्त सिरिजमा नेपालले ३ जित हात पार्दा एक खेलमा पराजय बेहोर्न पर्यो। त्यसलगत्तै भएको टी–२० आई सिरिजमा पनि नेपालले ३ खेल जितेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij