Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

ओली-देउवा र प्रचण्डसहित बसेको शीर्ष नेताहरूको बैठकमा यस्तो भयो छलफल

ओली-देउवा र प्रचण्डसहित बसेको शीर्ष नेताहरूको बैठकमा यस्तो भयो छलफल


  • 1.9K
    Shares

    ओली-देउवा र प्रचण्डसहित  बसेको शीर्ष नेताहरूको बैठकमा यस्तो भयो छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्याय (टीआरसी)बारे छलफल भएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको आजको बैठक टीआरसीबारे अहिलेसम्म भएको प्रगतिबारे छलफल भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए ।

    बैठकपछि उनले भने, ‘टीआरसीबाहेक अरू कुनै विषयमा छलफल भएको होइन । त्यो कुरामा कोही भ्रममा नपरे हुन्छ । करिब एक अर्ब रुपैयाँ सङ्क्रमणकालीन कोषमा राख्ने गरी बजेट आएको छ । पीडितको उपचार, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण, भइरहेका कामबारे आजको बैठकमा ब्रिफिङ भएको छ ।’

    टीआरसीलाई सकारात्मक ढङ्गले अगाडि बढाउने कुरामा तीनै दलका शीर्ष नेताहरू सहमत रहेको बताए । आयोग निर्माण भइसकेकाले बाँकी काम आयोगले गर्ने बताए ।

    बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीबाट उपमहासचिव वर्षमान पुनलगायत सहभागी थिए ।

    प्रकाशित मिति :आषाढ ६ २०८२ शुक्रवार - १७:०९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij