Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

प्रधानमन्त्री–आयोग पदाधिकारी छलफल

रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव

रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव


  • 1.3K
    Shares

    रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव
    images

    काठमाडौं । सरकारले देशभर रिक्त जनप्रतिनिधिहरूको उपनिर्वाचन गर्नेबारे तयारी थालेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त विभिन्न पदको निर्वाचनको मिति तोक्नेगरी निर्वाचन आयोगसँग परामर्श गरिएको छ ।

    प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ ९२० मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेगरी मिति तोक्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    रुपन्देही ३ मा राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि पद रिक्त छ । त्यस्तै, मनाङ क्षेत्र नम्बर १ ९२० का प्रदेशसभा सदस्य दिपक मनाङेको पदमुक्त भएका छन् ।

    आगामी असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ । त्यस्तै, स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

    शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेट गरेका थिए ।

    प्रधानमन्त्री ओलीले उपनिर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिएको उनको सचिवालयले जनाएको छ ।

    भेटका अवसरमा आयुक्तहरू डा जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

    प्रकाशित मिति :आषाढ ६ २०८२ शुक्रवार - १३:५३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij