Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

हिजो संसद बहिष्कार गरेको राप्रपाले बैठक भत्ता नलिने

हिजो संसद बहिष्कार गरेको राप्रपाले बैठक भत्ता नलिने


  • 1.6K
    Shares

    हिजो संसद बहिष्कार गरेको राप्रपाले बैठक भत्ता नलिने

    काठमाडौं । राप्रपाका सांसदले बहिष्कार गरेको संसद बैठकको हिजोको भत्ता नलिने भएको छ ।

    प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदीय दलले असार १ गतेको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिकरूपमा उचित नहुने निर्णय गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएका छन् ।

    बैठकबापत प्राप्त हुने भत्ता राजस्वमा फिर्ताको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

    भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले सदन अवरोध गरिरहेको बेला जबर्जस्ती बैठक चलाइएको भन्दै राप्रपाले आइतबारको बैठक वहिष्कार गरेको थियो । प्रतिनिधिसभामा राप्रपाका १३ सांसद छन्

    rpp-bhatta-naline.jpg

    प्रकाशित मिति :आषाढ २ २०८२ सोमवार - १०:४५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij