२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् ।
तर, रास्वपाले भने यो समझदारी पत्रमा सहमति जनाएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अडान कायमै रहेको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij