Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

भिजिट भिसा प्रकरण

रास्वपाप्रति जंगिए कांग्रेस र नेकपा एसका सांसद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक

रास्वपाप्रति जंगिए कांग्रेस र नेकपा एसका सांसद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक


  • 3.4K
    Shares

    रास्वपाप्रति जंगिए कांग्रेस र नेकपा एसका सांसद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक
    images

    काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्काचर्की परेको छ ।

    सिंहदरबारमा शुक्रबार बसेको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरूले आपत्ति जनाएपछि चर्को विवाद भएको हो ।

    बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरु बेचिनुपरेकाले आफूहरूले छानबिन समितिको माग गरेको बताए । संसदीय समितिमा मानवतस्करीविरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्वीप मानेर निरीह बनेर बस्ने गरेको टिप्प्णी पराजुलीको थियो ।

    पराजुलीले भिजिट भिसा प्रकरणको विषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने मागसमेत गरे । भिजिट भिसा प्रकरण रास्वपाको मुद्दामात्रै हो रु भन्दै प्रश्न गरेपछि सत्तापक्ष सांसदहरूले आपत्ति जनाए ।

    नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको बताए । विषयवस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै उनले रुलिङको माग गरे ।

    विवाद भएपछि समिति सभापति अव्दुल खानले विषयवस्तुभित्र रहेर धारणा राख्न आग्रह गरेका थिए । सांसद पराजुलीले आफ्नो समयभित्र विषयवस्तु राख्दा आपत्ति हुनुपर्ने कारणको जवाफ खोजे । त्यसपछि पुन कांग्रेस सांसद थापाले आफूहरूलाई निरीह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

    त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ मानवतस्करीको विरोध आफूहरूले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार हो रु भन्दै आक्रोशित भए । रास्वपा सांसद पराजुलीले मानवतस्करीविरुद्ध सवैको एकमत भए छानबिन समिति गठन गर्न चुनौती दिए ।

    पुनस् विवाद बढेपछि सभापति अव्दुल खानले पराजुलीले विषयवस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका विषयमा छानबिनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव राखे ।

    त्यसपछि आफूले बोलेको विषयमा नै छानबिन समिति गठन गर्ने सभापतिको प्रस्तावप्रति सांसद पराजुलीले आपत्ति जनाए । त्यसपछि फेरि विवाद भएपछि सभापति खानले विषयवस्तुमा बोल्न आग्रह गरे ।

    अन्तिममा सांसद पराजुलीले मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग दोहोर्‍याए ।

     

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १२:५४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij