Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

विजेताको बलियो दाबेदारीसहित अघि बढ्दै रामेछापकी चाहना प्रधान

विजेताको बलियो दाबेदारीसहित अघि बढ्दै रामेछापकी चाहना प्रधान


  • 13.8K
    Shares

    विजेताको बलियो दाबेदारीसहित अघि बढ्दै रामेछापकी चाहना प्रधान

    काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका-६ की चाहना प्रधान मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली उपस्थिति जनाउँदै, विजेताको पहिलो दावेदारको रूपमा अगाडि बढिरहेकी छन्। आत्मविश्वास, सशक्त अभिव्यक्ति, सौन्दर्य र प्रतिभाको संगमले उनी प्रारम्भिक चरणबाटै निर्णायकहरूको ध्यान खिच्न सफल भएकी हुन्।

    विशेष कुरा के छ भने, चाहना केवल सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धी मात्र होइनन्, उनी एक सफल युवापुस्ताकी उद्यमी पनि हुन्। उनले स्थापना गरेको व्यवसाय ‘Chahana Food Product’ रामेछापमै सञ्चालन भइरहेको छ, जसअन्तर्गत विभिन्न स्वादिलो अचारहरू उत्पादन तथा बिक्री गरिन्छ।

    कृषि विषयमा डिप्लोमा अध्ययन पुरा गरेकी चाहना, गाउँको परिवेशबाट उठेर राष्ट्रिय मञ्चमा उभिँदा आफ्नो सामाजिक र आर्थिक सशक्तीकरणको कथा पनि साथ लिएर आएकी छन्। उनका बुबा राजु प्रधान र आमा सपना प्रधानको साथ र सहयोगमा उनी दुवै क्षेत्र-सौन्दर्य र व्यवसाय-मा सशक्त उभिएकी छन्।  उनी ३५ दिने प्रशिक्षणमा सहभागी हुँदै ग्रान्ड फिनालेतर्फ अघि बढिरहेकी छन्।

    मिस ग्रान्ड नेपालको साउन अन्त्यतिर आयोजना हुने ग्रान्ड फिनालेमा चाहनाले उपाधि जितेमा उनले नगद, भ्ख् स्कूटर, ‘गुडविल एम्बासडर’को उपाधि, चलचित्र अभिनय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने छिन्।

    अहिले चाहना प्रधानलाई धेरैले ग्ल्यामर र घाम-दुवैमा चम्कने युवती भनी चिनाउन थालेका छन्। मिस ग्रान्ड नेपालमा भाग लिनु र आफ्नै उद्यमलाई बढाउनु सँगै, उनले नेपाली युवालाई एउटा बलियो सन्देश दिएकी छन् ।
     “सौन्दर्य केवल देखावटी होइन, आत्मनिर्भरता र दृष्टिकोण पनि हो।”

     

    प्रकाशित मिति :जेठ २९ २०८२ बिहिवार - १८:५५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij