Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सदन सुचारु हुने/नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष दाहाल

सदन सुचारु हुने/नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष दाहाल


  • 2.8K
    Shares

    सदन सुचारु हुने/नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष दाहाल
    images

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदन सुचारु हुनेबारे अनविज्ञता प्रकट गर्नुभएको छ । 

    बिहीवार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो अनविज्ञता प्रकट गर्नुभएको हो । केही दिनअघि संसदको गतिरोध केही दिनभित्रै अन्त्य हुने बताउनुभएका अध्यक्ष दाहालले दुई बितिसक्दा समेत संसद सुचारु हुने वा नहुने भन्नेबारेमा अनविज्ञता दर्शाउनु भयो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरुले संसद अवरोध गर्दै आएका छन् । करिव दुई हप्ता बित्न लाग्दा समेत सदन सुचारु हुन सकेको छैन । जसबारेमा सञ्चारकर्मीहरुले गरेको प्रश्नमा अध्यक्ष दाहालले अब पुनः संसद भवनमा विपक्षी दलहरुको बैठक बस्ने र निर्णय गर्ने बताउनु भयो । 

    अध्यक्ष दाहालले प्रतिपक्षको बैठकपछि मात्रै सदन सुचारु हुने वा अवरोध कायमै रहने भन्ने टुंगो लाग्ने र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग संसदको अवरोधको बारेमा नै छलफल भएको बताउनु भयो ।

    प्रकाशित मिति :जेठ २९ २०८२ बिहिवार - १४:५९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij