Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल

सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल


  • 3.1K
    Shares

    सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल
    images

    प्रतिनिधिसभाको जारी अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल जारी छ। छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन्।  

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने अडानसहित विपक्षीले सदन अवरोध गरिरहेका हुन्।  विपक्षीले जेठ १३ गतेदेखि सदन अवरुद्ध पार्दै आएको हो। 

    जेठ १५ गते बजेट पेस गर्न भने दिएको विपक्षीले त्यसयताको सबै बैठकमा विरोध जनाउँदै आएको छ।  सत्तापक्षले भने गृहमन्त्रीमाथि छानबिन हुन नसक्ने दोहोर्‍याउँदै आएको छ। 

    प्रकाशित मिति :जेठ २९ २०८२ बिहिवार - १४:५१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij