२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदको लागि आवेदन माग गरेको छ ।
नवलपरासी केन्द्रीय कार्यालय रहेको यो कम्पनीले डिसीईओ पदको लागि आवेदन माग गरेको हो ।
कम्पनीले आज एक सूचना प्रकाशित गर्दै डिसीईओका लागि आवेदन माग गरेको छ। डिसीईओमा आवेदन दिनका लागि कुनै पनि विषयबाट स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय स्तरमा कम्तीमा ५ वर्ष काम गरेको वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय स्तरमा कम्तीमा ७ वर्ष काम गरेको हुनु पर्ने छ ।
उमेरको हदमा ३० वर्ष पूरा गरी ५५ वर्ष ननाघेको हुनु पर्ने छ भने महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुने छ ।
आवेदन दिन इच्छुक तथा योग्यता पुगेको नेपाली नागरीकले आवश्यक कागजात सहित कम्पनीको इमेलमा पठाउनु पर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij