२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका(४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीको कार्यालय भवनको शिलान्यास गरेका छन् ।
बौद्ध परम्पराअनुसार उनले बिहीबार पार्टी कार्यालयको भवन शिलान्यास गरेका हुन् । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माणका लागि वारागुङ मुक्तिक्षेत्र-२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका छन् ।
शिलान्यासका क्रममा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे । साथै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij