२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी नेकपा एमाले समर्थित अनेरास्ववियुको २४औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि बुधबार राति निर्वाचन हुने भएको छ ।
निर्वाचन कमिटिले निर्वाचन कार्यतालिका संशोधन गर्दै बुधबार राति ८ देखि बिहान २ बजेसम्म मतदान हुने जनाएको हो ।
संशोधित कार्यतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन साढे ५ बजे हुने प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij